जेठ ३० रतनपुरी, बारा । बारा जिल्लाको रतनपुरीमा एक स्थानीयको मृत्यु भएको छ ।
गए राती आँपको बोट नजिकै सुत्ने क्रममा अन्दाजी ५५ बर्षिय इन्द्रबहादुर तामाङको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
मृतक तामाङलाई अहिले पोस्माटनको लागी चपुर हस्पिटलमा लगिएको छ । स्थानीय समाजसेवी सोनाम गोलेको अनुसार हात्तीले मकै खादै आउने क्रममा सुतिरहेको तामाङ ज्यान लिएको हुन सक्ने बताएको छ ।