StarPratika.com

१ वर्ष अगाडि / २८१  पटक हेरिएको

काठमाडौ । सुपरस्टार निखिल उप्रेतीसँग जोडी बाँधेर पनि सफलताबाट ‘विमुख’ हुनु परेकी अभिनेत्री हुन्, सारा सिरपाली । उनले डेब्यू फिल्म ‘रुद्र’ र दोस्रो फिल्म ‘पिंजडा ब्याक अगेन’ मा निखिलसँग रोमान्स गरेकी थिइन् । तर, दुबै फिल्मले बक्सअफिसमा घुँडा टेके ।

दुई फिल्म निखिलसँग गरेपछि उनले तेस्रो फिल्मको रुपमा निर्देशक सुव्रतराज आचार्यको ‘सुश्री सम्पत्ति’ मा अभिनय गरिन् । यसमा उनको जोडी अभिनेता द्वय सलोन बस्नेत र विनोद न्यौपानेसँग बाँधिएको थियो । उनलाई यो फिल्मले असफलताको चोट भुलाउने विश्वास थियो । तर, उक्त फिल्मबाट पनि उनलाई निराशा हात लाग्यो । साथै, ‘फ्लप फिल्म’ मा ह्याट्रिक गरिन् ।

‘सुश्री सम्पत्ति’ रिलिजताका अभिनेता अनमोल केसीसँग नाम जोडिएपछि चर्चामा आएकी उनले अभिनय गरेको चौथो फिल्म हो- ‘गुञ्जन’ । द्वन्द्व निर्देशकको रुपमा परिचित अष्ट महर्जनको डेब्यू निर्देशनमा बनेको फिल्ममा साराको जोडी नव-अभिनेता प्रितमराज सेन्चुरीसँग बाँधिएको छ । फिल्ममा अभिनेता कबीर खड्काको पनि प्रमुख भूमिका छ । लगातार तीन फिल्मको असफलताले धरमराएको करिअरलाई ‘गुञ्जन’ ले सहारा दिनेमा सारा आशावादी छिन् । तर, त्यसका लागि फिल्म हिट हुन आवश्यक छ ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

Coming soon

Contact

Coming soon