Breaking News

काठमाडौ । हास्यकलाकार द्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले निर्माण गर्ने भनेको फिल्मको औपचारिक घोषणा गरिएको छ । उनीहरुले बनाउन लागेको फिल्मको नाम राजधानीमा एक कार्यक्रमका बीच ‘सेन्टी भाइरस’ नाम दिइएको छ , फिल्मको छायांकन भाद्र ३ गतेबाट हुनेछ । फिल्म ‘सेन्टी भाइरस’ को कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।

फिल्ममा ‘धुर्मुस(सुन्तली’ स्वयंको प्रमुख भूमिका रहनेछ । सामाजिक व्यंग्यमा निर्माण हुने फिल्ममा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय रहने छ । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् ।

धुर्मुसले सामाजिक कार्यमा व्यस्त रहँदा कलाकारितामा समय दिन नपाएको बताउँदै अब फिल्म अभिनयबाट पुनः कलाकारितामा फर्किएको बताए । ‘सेन्टी भाइरस’ को निर्माण लागत अनुमानित २ करोड रहेको उनको भनाई छ । उनले फिल्मको मुनाफाको १५ प्रतिशत रंगशाला निर्माण र ५ प्रतिशत चलचित्र कलाकार संघको भवन निर्माणका लागि हस्तान्तरण गरिने पनि जानकारी दिए ।

फिल्मको गीतमा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत रहने छ । यो फिल्मलाई डिन्डु लामा ह्योल्मोले निर्माण गर्नेछन् भने सह(निर्मातामा फूर्पा लामा रहेका छन् ।

प्रकाशित मिति : 2019-08-09

फेसबुक पेज

Categories