StarPratika.com

२ वर्ष अगाडि / ४९४  पटक हेरिएको

काठमाडौ । चलचित्र ‘दुस्मनी’बाट करिअर अघि बढाएकी सिन्धुलीकी आशा भुसाल नेपाली चलचित्र क्षेत्रमा नै आफूलाई स्थापति गर्न चाहिन्छन् । ‘सुनपानी’ चलचित्रबाट अभिनयमा तारिफ बटुलेकी उनले आधा दर्जन भन्दा बढी चलचित्र र तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छन् । यतिवेला नयाँ चलचित्रको वर्कसपमा व्यस्त रहेकी उनी छायाँकनको तयारी भइरहेको बताउँछिन् ।

सानो उमेरदेखि नृत्य गर्दै आई रहेकी आशाले नृत्यलाई नै आफ्नो प्यासन ठान्दै ग्लामर क्षेत्रमा प्रवेश गरेकी हुन् । सिन्धुलीमा जन्मिए पनि बुबाको व्यवसायका कारण काठमाडौंमा नै आफ्नो अध्ययनलाई अघि बढाएकी उनले विरेन्द्र हमालसँग अभिनय र निशा शाहसँग नृत्य सिकेर यो क्षेत्रमा आफूलाई होमेकी हुन् ।

उनले केही स्टेज प्रोग्रामहरु समेत गरेकी छिन् । नृत्यमा पोख्त आशा सानै देखि आफूलाई यो क्षेत्र मन परेको हो पछी सबैले उनलाई यसै क्षेत्रमा जम्ने कोशिस गर राम्रो हुन्छ भन्ने सल्लाह दिएका कारण यो क्षेत्रमा आएका बताउँछिन् ।

नाटकमा समेत त्यतिकै रुची राखेर अभिनय गर्ने उनी अबको यात्रा भने नेपाली चलचित्र रहेको बताउँछिन् । नेपाली कला क्षेत्रमा नै आफूलाई पूर्ण रुपमा समर्पित गरेकी आशाले यस क्षेत्रमै नयाँ नयाँ क्रिएशन दिने दाबी गर्छिन् ।
जुनुसकै प्रकारको पनि अभिनय गर्न सक्ने बताउँने आशा करिष्मा मानन्धरको आफू सबै भन्दा ठूलो फ्यान भएको बताउँछिन् । कथाले माग्यो भने जस्तो पनि सिन दिन तयार छु भन्ने नायिकाहरु छन् नि तपाईं नि ? भन्ने प्रश्नमा उनी भन्छिन् ‘कथाले माग्यो भन्दैमा असम्भव सिन दिने हैन मिल्नेसम्म सिन दिन्छु, फेरि नाङ्गीन पर्छ भन्दिन कथाले’, भन्छिन् । परिवारको सर्पोटले आफू यो क्षेत्रमा राम्रो गर्न सकेको बताउने उनी जस्तो सुकै अभिनय गर्न सक्ने क्षमता आफूमा रहेको दाबी गर्छिन् ।

नायिका हुनका लागि अभियन, नृत्य, शिक्षा हुन जरुरी भएको भन्दै उनले आफूमा यी सबै गुण भएको बताइन् । भोजपुरी र नेपाली चलचित्रमा आफू अडिशनबाट नै छानिएको भन्दै आशाले नायक राजेश हमालसँग काम गर्न मन लागेको खुलाइन् । बलिउड नायिका कट्रिना कैफ मन पराउने आशाले नेपाली नायिका करिश्मा मानन्धर मनपर्ने बताइन् । चलचित्रको कथा भित्र आफू भिज्न सक्ने भएकाले कुनै निर्माताले आफूमाथि लगानी गर्दा खेर नजाने दाबी उनको छ ।

तपाई जस्तो बोल्ड यूवती ‘सुनपानी’ जस्तो सामाजिक कथाको चलचित्रमा देखिनु भयो नि भन्ने प्रश्नमा उनले आफू बोल्ड हुन तयार रहेको बताइन् । यदी, आफूलाई चलचित्रको कथावस्तु मन परेको खण्डमा बोल्ड हुन कुनै आपत्ती नभएको उनको तर्क छ ।

उनको अभिनय राम्रो भएकाले उनले नेपाली कला क्षेत्रमा ठूलै फड्को मार्न सक्ने यसक्षेत्रका सम्बन्धितहरु बताउँछन् । उनले नेपाली कला क्षेत्रको श्रृविद्धिमा कतिको योगदान पु¥याउने हुन् त्यो त उनका आउने क्रियाकलापले नै बताउँने छ ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

Coming soon

Contact

Coming soon