StarPratika.com

२ वर्ष अगाडि / ८९७  पटक हेरिएको

काठमाडौ । अहिले फिल्मी बजारमा नेपाली फिल्मका चर्चित निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको घर झगडाले उग्ररुप लिएको छ । तीन जनाका श्रीमान छवि ओझासँग गरेर चौथो श्रीमतीको रुपमा छविले शिल्पालाई घर भित्रिएका थिए ।
गत महिना छविले मार्ने धम्की दिएको भन्दै शिल्पाले महिना प्रहरी परिसर टेकुमा घरेलु हिंसा गरेको उजुरी दिएकी थिइन्, । त्यस पछि लुकेर रहेका मुद्धा समेत बाहिरआएकी छन् ।

शिल्पाले भने अब आफू कुनै हालतमा श्रीमान् ओझासँग नबस्ने बताउँदै आएकी छन् । उनले डिभोर्सका लागि अदालतमा निवेदन दिइकी छन् ।

गुपचुममा बस्दै आएकी हेमा ओझाले बहु विवाहको मुद्धा श्रीमान् ओझा र शिल्पाविरुद्ध बहुविवाहको उजुरी हालेपछि कथाले अर्के मोड लिएको छ । ५३ वर्षिय जेठी श्रीमती हेमा ओझाका दुई सन्तान राजिव र महेश रहेका छन् । हेमाले आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको उजुरी दर्ता गरेकी हुन् ।

अधिकवत्ता स्वागत नेपाललाई साथ लिएर उनी उजुरी दर्ता गर्न प्रहरी वृत पुगेकी थिइन् । छवि र शिल्पाको डिभोर्सको चर्चा चलिरहँदा हेमाले बहुविवाहको उजुरी दिएपछि कथामा नयाँ मोड आएको छ ।

यस्तो लेखिएको छ जाहेरी

हेमाले दिएको जाहेरीमा लेखिएको छ, शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरो श्रीमान् छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा मैले श्रीमान् ओझासँग सोध्दा के छ तिमीसँग हामीले विवाह गरेको प्रमाण भनेर प्रतिप्रश्न गर्दा मैले प्रमाण पनि भेटिनँ । बिहे दर्ता कहीँ कतै भएको रहेनछ । छवि र शिल्पाको विवाह दर्ताको फोटोकपी भेटेपछि आफूसँग सम्बन्ध कायम रहँदा रहँदै बहुविवाह गरेकोले पति छविराज र शिल्पालाई प्रचलित कानुन बमोजीम कारवाही गर्न उनले माग गरेकी छन् ।

२०७५ साल पुष ११ गते निज विपक्षीहरु ‘छविराज ओझा र शिल्पा पोखरेलले गरेको विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपी फेला परेपछि निजहरुले बहुविवाह गरेको प्रमाणित भएकाले निज मेरो विपक्षी श्रीमान् छविराज ओझाले घरमा म श्रीमती हुँदाहुँदै छोरी भन्न सुहाउने शिल्पा पोखरेलसँग बहुविवाह गरेको हुँदा म यो जाहेरी लिई उपस्थित भएकी हुँ । जाहेरीमा छविराज र शिल्पालाई कारवाहीको माग गर्दै लेखिएको छ, निज मेरो विपक्षी पति छविराज ओझा र निज शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजिम यथासक्य चाँडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाई अनुसन्धान समेत गरि निजहरुलाई कानुन बमोजिम हदैसम्मको सजाय गरिपाऊँ । भनेर लेखिएको छ ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon