आतिश कुमार देब

२ वर्ष अगाडि / ३९६३  पटक हेरिएको

बिराटनगर २२ फागुन : आज कैलाली घटनाका मुख्य आरोपी भनिएको रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्म कैदको फैसला सुनाएको छ ।

सो फैशला को विरुद्धमा थारु समुदाइका अगुवा नेताहरु आक्रोसित भएका छन । थारु महिला सभा कि जिल्ला अध्यक्ष र रेशम चौधरी बचाउ अभियान कि संयोजक कलपना थारुले आक्रोश पोख्दै आकस्मिक बैठक बोलाएका थिए ।
बैठकमा उपस्तिथि कलपना थारु लगायत अन्य अगुवा नेताहरुले जिल्ला अदालतको फैसला बिरुद्ध अवाज उठाएका छन । बैठकमा बोल्दै कलपना थारुले रेशम चौधरी माथी अन्याय भएको र अदालत संग रेशम चौधरी दोशी रहेको कुनै पनि प्रमान न भएको बताए । उनले हामी अदालत को विरुद्धमा अब सडक मा उत्रीने चेतावनी समेत दिए ।
उनले हामी माथी जातिय विभेद भएको भन्दै निराशाजनक तरिकाले आक्रोश पोखेका थिए ।
अदालतको फैशला बिरुद्ध बिराटनगर लगायत अन्य ठाउँ हरुमा रजपा नेपालको जिल्ला अध्यक्ष मंण्डलको आकस्मिक बैठक बसेको छ ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon