Breaking News

काठमाडौ । आगामी चैत्र १ गतेबाट रिलिज हुन लागेको फिल्म ‘जानी नजानी’को ट्रेलर सार्वजनिक भएको छ । रोशनी केसीको प्रस्तुतिमा तयार भएको फिल्मलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । फिल्मको ट्रेलरले अहिलेका यूवापुस्तालाई आकर्षित गर्ने देखिन्छ । ट्रेलरमा लभ, विछोड, जिम्मेवारीको कथामा देखाइएको छ ।

मनिष श्रेष्ठ, निरिषा बस्नेत, सन्न्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसीको मुख्य भूमिका छ ।
फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, संजय लामाको छायांकन छ । सामिप्यराज तिमिल्सिनाले लेखेको कथा, पटकथा तथा संवाद छ । सागरकाजी माली, मोदनाथ खनालको लगानी छ भने अर्जुन जीसीको सम्पादन छ ।

प्रकाशित मिति : 2019-02-23

फेसबुक पेज

Categories