StarPratika.com

२ वर्ष अगाडि / ११२५  पटक हेरिएको

काठमाडौ । देवताल गाउँपालिका ०१ निवाशी १९ वर्षिय प्रभात सिंह हाल नेपाल विद्यार्थी संघ ,बारा प्राभावशाली नेताको रुपमा आफ्नो कर्तव्य र जिम्मेवारि निर्वाह गर्दै नेपाल विद्यार्थी संघलाइ तथ बलियो बनाउने योजना सहित अगाडि बढेको देखिन्छ ।

छोटो समयमा राजनिती यात्रामा सकृयता हासिल गर्दै बारा निवाशी सम्पुर्ण जनताको माझ परिचित भयेका छन् । आफ्नो जिल्लाका सम्पुर्ण विद्यार्थी लाइ आफ्नो भाइ बहिनी सम्झी सधै विद्यार्थी को भलो चाहने उनी एक मात्र नेता रहेका छन् भन्ने बाराको अधिकाँश विद्यार्थी हरुले जनाएका छन् ।

करिब डेढ बर्षको छोटो राजनितिक यात्रामा वहाँलाई धेरै संघर्ण गर्नु परेता पनि उनी देशलाई सम्बृध बनाउन आफुले जति सुकै संघर्ष गर्नु पर्ने गर्न तैयार रहेको बताए । वहाँको निज स्थानीय तह देवताल गाउँपालिकामा बिकाशको रकम हिना मिनस गर्न खोज्दा वहाँले आफ्नै परिवारका ब्यक्ति माथि उजुरी दर्ता गराएका थिए । एक असल नेताको कर्तब्य बहन गर्दा बीचमा परिवारबाद, जातिबाद जे सुकै आए पछाडि न हटिने वहाँको मुल उदेश्य रहेको छ ।

अखिल क्रान्तिकारीको साधारण सदस्यता बाट २०७४ साल मा राजनिती सुरु गरेका उनी आज हिन्दु परिषद नेपाल का जिल्ला सचीव तथा नेपाल विद्यार्थी संघ ने.बि.संघको जिल्ला सदस्य समेत हुन सफल भएका छन् । बिरगंज लाई प्रादेशिक राजधानी बनाउने अभियानका एक युवा आन्दोलनकारी का रुपमा परिचित भएका थिए प्रभात सिंह ।

यस्तै राजनितीमा सकृय हुँदै गएको विद्यार्थी नेता सिंह बारा लगायत पर्साको अधिकाँश नेताको प्यारो बन्न सफल भएका छन् ।
अब हुने नेबि संघको स्थानीय लगायत जिल्ला अधिबेशनमा देवताल गाउँपालिकाको सभापतिको जिम्मेवारी समेत बहन गर्नु पर्ने भन्ने नेबि संघ बाराक नेता राहुल गुप्ताले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon