StarPratika.com

३ वर्ष अगाडि / ४२७८  पटक हेरिएको

स्टार दैनिक पत्रिका
काठमाडौ । सुवास जी तामाङ् आजभोली मोडलको रुपमा चर्चित छन्। म्युजिक भिडियोको मोडल भन्दा पनि उनलाई नजिकका साथीभाई नाइस जी भनेर चिर परिचित छन् ।  रमाइलो स्वभावका सुवास जी तामाङ अमेरिका बसेपनि नेपाली गीतसंगीतलाई माया गर्छन। अविनाश घिसिङ्को गाडी त चाइनाकोमा अभिनय गरे संगै उनि मोडलको रुपमा परिचित बने।

उनको अभिनय संगै उनको बोल्ने शैली र नाइस शब्द उनको पेवा जस्तै भएको छ अझै उनको पहिचाहन जस्तै पो भएको छ भन्छन उनका नजिकका साथीभाईहरु।  सुबास हरेक किसिमको गफमा होस् वा फेसबुकको कमेन्टमा नाइस लेखिदिन्छन जोक गर्दा होस् वा रिसमा उनको ूनाइसू भन्ने शब्दले रिसलाइ पनि मथ्थर पारिदिन्छ। आजभोली त सुबासलाइ मेन्सन गर्नु पर्दा समेत सामाजिक संजालमा नाइस शब्द त्याग गर्ने गरिएको छ। उनि भन्छन (म हरेक तस्विर वा स्टाटस पोस्ट गर्दा नाइस लेख्ने गर्छु।

नाइस नामैले चिन्दा पनि उनलाई आनन्दको महसुस भएको उनले सुनाउछ्न र भन्छन नेपालमा एउटा तामाङ्लाई हैट भनेर चिन्छन यहाँ मलाई नाइस भनेर खुशी लाग्छ । पछिल्लो समय गायक शरण गुरुङ को ह्याप्पी बर्थ डे गीतमा अभिनय गरेर चर्चा पाएको उनि गीत जस्तै सधै ह्याप्पी अनि उनको प्रिय शब्द जस्तै नाइस देखिन्छन।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon