सुनसरी, बैशाख २३ गते।
सुनसरीको ईटहरी उपमहानगरपालिका ४ मा शनिबार गुडिरहेको बसमा सुतली बम प्रहार भएको छ। धरानबाट काकडभिट्टातर्फ जादै गरेको सुर्योदय बसमा अपरान्ह ३;३० बजे रातो स्प्लेण्डर मोटरसाइकल चढी आएका दुई जनाको अपरिचित समुहले सुतली बम फ्याँकी फरार भएका हुन। बम विष्फोटबाट बसको ढोकामा सामान्य क्षति भएको छ। घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय इटहरीबाट अनुसन्धान कार्य भई रहेको छ।