Breaking News

अधेरी रात हटाई बिहान उदायाे सौर्य घाम
मरेर लानु केछर हजुर सबैलाई राम राम
केछर दिनु केनैछर लिनु सबैलाई सम्झना
सबैकाे जीवन हर्षले विताेस यही छ कामना
सधैलाई शान्ति छाई नै रहाेस् याे मेराे देशमा
जनता सबै सुखमा रहुन याे मेराे देशमा
विकासमा जुट्नु देशका लागि पौरखी हातहरु
विभिन्न फुलेको एक माला वनाेस नछुटोस साथहरु
सत्कर्म गर्न बढी नै रहुन सबैका पाउहरु
मलम पट्टी पाईनै राखुन दुःखका घाउहरु
तेराे र मेरो नगरौ कहिले दुई दिने जीवनमा
रिस र राग भेद र भाव नराखौ याे मनमा।।

बारा,
हाल – ललितपुर भैसेपाटी

प्रकाशित मिति : 2018-07-12

फेसबुक पेज

Categories