StarPratika.com

३ वर्ष अगाडि / ७१६  पटक हेरिएको

काठमाडौँ । काठमाडौँको नयाँबजार क्षेत्रमा मरेका कुखुरा बेच्दै हिँडेको सूचनाका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गाडीमा १७० वटा मरेको ब्वाइलर कुखुराहरु फेला पारेको प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए। पक्राउ परेका तीनै जनालाई कालो बजारी ऐनअनुसार कारबाही गरिने बताइएको छ ।

प्रहरीको अनुसबा.१७ च. १२३६ नंको पिकअप भ्यानमा मरेको कुखुरा बेच्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले चालक चन्द्रबहादुर अधिकारी सहचालक अनिष दोङ्ग र कुखुरा व्यापारी हिमाल बर्तौलालाई पक्राउ गरेको जनाएको छ । मरेका कुखुराहरुको तौल ३२५ किलो रहेको प्रहरीले जनाएको छ ।न्धानबाट निजहरुले उक्त कुखुराहरु हेटौँडाबाट ल्याई चिनजानका होटलमा बिक्री वितरण गर्दै हिँडेका थिए।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

Coming soon

Contact

Coming soon