StarPratika.com

२ महिना अगाडि / ९४  पटक हेरिएको

एजेन्सी : सुपरहित चलचित्र ‘बाहुबली’को चर्चा अहिले पनि उतिकै मात्रा रहेको छ । यसैका निर्देशक एसएस राजामौली निर्देशित चलचित्र ‘आरआरआर’ को लामो समयदेखि प्रदर्शनको पखाईमा रहेको छ ।
कोरोना त्रासका कारण अहिले यो चलचित्रको प्रदर्शन हुन सकेको छैन । तर, यो चलचित्र निकै प्रतिक्षित बनेको छ । किनभने यस चलचित्रमा साउथका दुई ठूला स्टार राम चरण र जुनियर एनटीआरसँगै बलिउड अभिनेता अजय देवगन र अभिनेत्री आलिया भट्टको अभिनय रहेको कारण पर्खाइको विषय बनेको हो । यस चलचित्र अहिले यसैको कारण दर्शक उत्साहित छन् ।
अभिनेत्री आलियाले यहि चलचित्रबाट साउथ इन्डस्ट्रीमा पहिलो पटक पाइला राख्दैछिन् । यसका कारण कसको पारिश्रमिक कति हो भन्नेमा अहिले चर्चाको विषय बनेको छ । भारतिय समाचारका अनुसार उनले आफ्नो पहिलो पेन इन्डिया फिल्मका लागि आकर्षक पारिश्रमिक पाएकी छन् । आलियाले यस चलचित्रका लागि ६ करोड पारिश्रमिक पाएको खुलासा भएको छ ।
अहिलेसम्म बलिउडका ठूला अभिनेत्रीले यति ठुलो पारिश्रमिक पाउन सकेका छैनन् । जुन आलियाले पहिलो साउथ फिल्ममै पाएकी छन् । जसका कारण उनी निकै उत्साहित भएकी छन् । उनले आफ्नो भागको प्रायः छायांकन पूरा गरिसकेकी छन् । बलिउड समाचारका अनुसार दुई ठूला प्लेटफर्म जी ५ र नेटफ्लिक्समा पनि रिलिज हुन लागेको फिल्मको नर्थ इन्डिया राइट्स ४७५ करोडमा विक्री भइसकेको छ ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon