StarPratika.com

२ हप्ता अगाडि / ४९  पटक हेरिएको

एजेन्सी : अभिनेत्रीबाट नेता बनेकी तृणमूल कांग्रेस (टीएमसी) सांसद नुसरत जहां गर्भवती भएको खबर सार्वजनिक भएको छ । अभिनेत्री तसलिमा नसरिनले फेसबुकमा एउटा पोष्ट लेखेर सेयर सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् । उनले नुसरतलाई श्रीमानसँग सम्बन्धविच्छेद गर्न सल्लाह दिएकी छन् । तसलिमाले आफ्नो पोस्टमा नुसरत गर्भवती रहेको खबर चर्चामा छ । उनी गर्भवती छिन् । उनका श्रीमान् निखिललाई यसबारे केही थाहा छैन । यी दुई पछिल्लो ६ महिनादेखि अलग बसिरहेका छन् । तर अभिनेत्री नुसरत यश नामका अभिनेतासँग प्रेम रहेको उल्लेख गरेकी छिन् ।

‘मानिसहरुलाई लागिरहेको छ कि बच्चाका पिता यश हुन् निखिल होइनन् । यो साँच्चै हो कि अफवाह यसबारे थाहा छैन तर स्थिति यस्तै रहे के निखिल र नुसरतले सम्बन्धविच्छेद गर्नु नै राम्रो होइन र ? चमेरोजस्तै कुनै पनि अस्थिर सम्बन्धमा झुण्डिनको कुनै अर्थ छैन । दुबै पार्टी यसका कारण असुविधामा रहनेछन्,’ लेखेकी छन् ।

तसलिमा थप्छिन्, ‘जब नुसरत र निखिलको विवाह भयो तब असाध्यै राम्रो लागेको थियो, सृजित र मिथिलाको विवाह जस्तो खुसी लागेको थियो, ठ्याक्कै त्यस्तै । किनभने म गैर सम्प्रदायिकतामा विश्वास राख्छु । यदि दुई धर्मका मानिसहरुबीच विवाह हुन्छ तब म निकै स्वभाविक कारणले खुसी हुन्छु । जाति, धर्म आदिलाई हटाउनु छ भने विभिन्न जाती र विभिन्न धर्म भएका व्यक्तिबीच सम्बन्ध गाँसिनुपर्छ । यसो हुँदा हिंसा हट्न सक्छ । तर कसलाई थाहा थियो र, यदि प्यारो जोडी धेरै दिनसम्म खुसी हुन सक्दैन ।’

‘त्यसदिन एक फोटोमा नुसरतलाई देखेकी थिएँ । उनी एन्जेलिना जोलीजस्तै निकै सुन्दर देखिन्छिन्, उनले निकै राम्रो अभिनय पनि गर्छिन् । निश्चित रुपमा उनी आत्मनिर्भर छिन् । वास्तवमा यदि तपाईं आत्मनिर्भर र जागरुक हुनुहुन्छ, यदि तपाईंसँग आत्मविश्वास र आत्मसम्मान छ भने तपाईं आफ्नो बच्चाको संरक्षक बन्न सक्नुहुन्छ ।’

‘तपाईं आफ्नो बच्चालाई आफ्नो पहिचानले हुर्काउन सक्नुहुन्छ । पुरुषले आमने सामने हुन पर्दैन । वास्तवमा निखिल र यशमा के अन्तर छ ! अन्त्यमा पुरुष पुरुष नै हुन् । के हामीले दोस्रो विषालु जीवन बाँच्नका लागि दोस्रो विवाह गर्नैपर्छ ? त्यसपछि यो दौड समाप्त नै हुँदैन, मन पराएको व्यक्ति पनि मेल खाँदैनन् । स्वतन्त्र स्त्री र सोचेकै जस्तो पुरुष कल्पनामा मात्रै हुन्छन्, वास्तविकतामा होइन ।’

नुसरत र निखिलले जून २०१९ मा टर्कीमा विवाह गरेको तस्विरहरु फोटो सोसल मिडियामा थुप्रै दिनसम्म भाइरल भइरह्यो । विवाहपछि दुबैले एक–अर्कासँग आफ्ना थुप्रै फोटो सेयर गर्ने गर्दथे । पछिल्लो समय उनीहरु अलग अलग बस्दै आएका छन् ।

https://www.facebook.com/nasreen.taslima/posts/2389362531208191

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon