StarPratika.com

२ हप्ता अगाडि / ५३  पटक हेरिएको

टाइम्स अफ इन्डिया ग्रुपले मनोरञ्जन क्षेत्रका महिलालाई लिएर गरेको सर्वेक्षणमा रिया चक्रवर्तीले पहिलो स्थान हासिल गरेकी छिन् । पहिलो स्थान कब्जा गर्ने क्रममा उनले बलिउडका पावर हाउस दीपिका पादुकोन, कट्रिना कैफ आदिलाई पछि पारेकी हुन् । दि टाइम्सले सार्वजनिक गरेको २०२० का ५० महिलामा दीपिका र कट्रिना क्रमशः तेस्रो र चौथो स्थानमा छन ।

तीन दिन अघि दि टाइम्सले पुरुषतर्फको यस्तै लिस्ट सार्वजनिक गर्दा पहिलो स्थान रियाका दिवंगत प्रेमी सुशान्त सिंह राजपुतले ओगटेका थिए । दि टाइम्सले अनलाइन पोल र आन्तरिक जुरीको निर्णायकका आधारमा ५० को नाम निकालिएको जनाएको छ ।

यता रियाले पहिलो स्थान कब्जा जमाए पछि मेमरहरू भने सामाजिक सञ्जालमा सक्रिय भएका छन् । उनीहरूले रिया २०२० डिजाइरेबल महिला घोषित हुनु जोकभन्दा कम नभएको बताएका छन् । त्योसँगै धेरैले डिजाइरेबल चाहिँ होइन अनडिजाइरेबलको चार्ट चैं उनले टप्ने बताएका छन् । यस्तो टिप्पणी गर्नेमा सुशान्त सिंह राजपुतको फ्यान रहेका छन् ।

 

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon