StarPratika.com

२ हप्ता अगाडि / १३५  पटक हेरिएको

एजेन्सी : बलिउड अभिनेत्री एभलिन शर्माले कसैलाई थाहै नदिई गुपचुप रुपमा विवाह गरेकी छन् । उनले विवाह गरेपछि यामी गौतमकै शैलीमा उनले पनि सिधै सोसल मिडियाबाट विवाहको तस्विर शेयर गरेकी हुन् । कोरोनाका कारण कसैलाई विवाहमा बोलाउन नसकिने हुनाले सुटुक्क विवाह गरेको भारतिय मिडियाले जानकारी दिएका छन् ।


विवाह गर्ने लागेको कुरा एभलिनले केही समय अगाडि अष्ट्रेलिया बेस्ट तुषानसँग विवाह गर्न लागेको जानकारी दिएकी थिइन् । तुषान पेशाले डेन्टल सर्जन हुन् । कोरोना महामारीका कारण उनीहरुले एक प्राइभेट कार्यक्रम राखेका थिए, जहाँ दुई पक्षका सीमित आफन्तहरुको मात्र उपस्थिति रहेको थियो । २००६ मा एक अमेरिकन फिल्मबाट अभिनयमा डेब्यू गरेकी एभलिन जर्मन मोडल तथा अभिनेत्री हुन् । अभिनेत्री शर्माले फिल्म ‘ये जवानी है दीवानी’ मा काम गरेपछि चर्चामा आएकी थिइन् । यो फिल्मले चर्चामा आएपछि उनले प्रेमी तुषान भिन्डीलाई जीवनसाथी बनाएकी हुन् ।

२०१२ मा ‘फर्म सिड्नी विथ लभ’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् तर सोचे अनुसारको व्यापार फिल्मले गर्न सकेन । साथै उनको चर्चामा पनि चुलिन पाएन । तर,उनि अभिनित फिल्म ‘ये जवानी है दीवानी’ सन् २०१२ मा रिलिज भयो तव उनको चर्चा भयो । जसमा उनी रणबीर कपूर, दीपिका पादुकोण, आदित्य रोय कपूर र कल्कि केकलासँग देखिएकी थिइन् । फिल्ममा उनी रणवीरको प्रेमिका बनेकी थिइन् । यसपछि उनले ‘नौटंकी साला, इश्क, कुछ कुछ लोचा हे, साहो, किस्सेबाज’ फिल्ममा अभिनय गरेकी छन् ।

https://www.instagram.com/evelyn_sharma/?utm_source=ig_embed&ig_rid=d8ab79cb-248b-42ef-8c80-b78729e9880e

 

 

 

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon