StarPratika.com

२ हप्ता अगाडि / ३९  पटक हेरिएको

एजेन्सी : बलिउडकी सुन्दर अभिनेत्रीको रुपमा ऐश्वर्या राय बच्चनलाई देख्न सकिन्छ । किनभने उनको त्यो सुन्दरताले अहिले पनि धेरैलाई लोभ्याउँछ । उमेरको हिसा वगर्ने हो भने उनी ४७ वर्ष टेकेकी छन् । तर यो उमेरसम्म ऐश्वर्या जिम समेत गएकी छैनन् । यसले गर्दा धेरैलाई आश्चार्य पारेको छ । ऐश्वर्या रायसधै सदावहार देखिनुको रहस्य विभिन्न कारणहरु रहेको छ । उनले आफुलाईसधैँ फिट उस्तै बनाइराख्नुको कारण यसप्रकारको रहेको छ ।

फिटको राज
ऐश्वर्या राय जगिन र ब्रिस्क वाक गर्ने गर्छिन् । उनी नियमित रुपमा हिँड्ने गर्छिन् भने ४५ मिनेट योगासन गर्ने उनको बानी छ । शरिरको तौल बढेको खण्डमा उनी कहिलेकाँही जिम जाने गरेकी छन् भने नत्र घरमा नै कार्डियो एक्सरसाइज गर्ने गर्छिन् । ऐश्वर्या धेरै जसो पावर योगासन गर्न मन पराउँछिन् । फिट रहनका लागि ऐश्वर्या दिनको सुरुवात मनतातो पानीबाट गर्ने गर्छिन् । उनी हरेक दिन बिहानको खाजा खाने गर्छिन् । खानामा उनले बिहान प्रोटिन र फाइबरयुक्त खानेकुरा खान्छिन् भने समय अनुसार व्यालेन्स मिलाउछिन् । तर ऐश्वर्या फास्ट फुड, धेरै तारेको, जंक फुड जस्ता खानेकुरा कहिल्यै खाँदिनन् । जसले गर्दा शरीर फिट रहन र फ्याट बढ्न दिँदैन । लामो समयसम्म स्वस्थकर खाना खाँदा सुन्दरतामा कुनै असर पर्दैन ।

के के खाना खान्छिन् त ऐश्वर्या
धेरैलाई लाग्न सक्छ ऐश्वर्याले कस्ता किसिमका र कति खाना खान्छिन् भनेर । उनले एकै समयमा धेरै खाना खाँदिनन् । उनी विस्तारै विस्तारै थोरै थोरै खाना खाने गर्छिन् । जसले गर्दा खानामा भएको पोषक तत्व शरीरमा लाग्न पाउँछ । र पचाउन पनि सजिलो हुन्छ । उनी साधारण खाना खाने गर्छिन् । भिआइपी खानेकुराहरु खाने भन्ने उनलाई छैन । प्राय उनी उमालेको सागसब्जी, दाल, रोटी र सलाद खाने गर्छिन भने रातिको खाना पनि निकै हल्का लिने गर्छिन् ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon