StarPratika.com

२ हप्ता अगाडि / ५४  पटक हेरिएको

नेपाली फिल्मका एक्सन स्टार निखिल उप्रेतीले आफु फ्लप भएको कुरा स्वीकार गरेका छन् । उनले हालै एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आफु फ्प भएकै कारण फिल्म पाउन छाडेको बताएका छन् । उनले अन्तर्वार्तामा भनेका छन्, ‘वास्तवमै भन्ने हो भने हामीले फिल्म पाउन छाडेकै हो । फ्लप भएको भन्न पनि सकिन्छ । फिल्मबाट अफर पनि आउँदैन थियो । आफैंले बनाइहाल्ने अवस्था पनि थिएन ।’

उनले फिल्मबाट आएका अफर आफूलाई मन नपरेको र राम्रा फिल्मका लागि कसैले याद नगरिएको बताए । ‘कसैले पनि आफूलाई फ्लप भएको स्वीकार गर्दैन । वास्तवमै हामी फ्लप भएको नै हो । फिल्म उद्योगमा आफूले पनि सजिलो ढंगले र अरुलाई पनि सहज तरिकाले फिल्म बनाउन सक्ने अवस्था नभएको पनि हो,’ निखिलले भने ।
कुराकानीकै क्रममा निखिलले आफू अभिनयबाट टाढा नभएको र टाढा हुने सोच पनि नभएको बताए । आफु फिल्मको निर्माता भएर फिल्म बनाएर हिट हुँदा पनि हातमा केही नआएको गुनासो पोखे । उनले भने,‘नयाँ फिल्म बनाउन हिम्मत गर्न सकिएन । तर, अभिनयबाट टाढा हुने भन्ने अहिलेसम्म सोचेको छैन । किनकि, म कलालाई माया गर्छु । त्यसमाथि काम नगरी त बस्नै सक्दिनँ ।’

फिल्म ‘पिंजडा’ बाट सानदार डेब्यू गरेका अभिनेता निखिल उप्रेतीले दुई सयभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । निखिल एक्सनका रुपमा खुवै चर्चामा आएका थिए । साँच्चै भन्ने हो भने एक समय उनको टाउको पोस्टरमा राखेको भरमा फिल्म सुपरहिट हुन्थँे । तर अहिले उनलाई कसैले पनि फिल्मका लागि अफर गर्दैनन् । केहि वर्ष अघि रिलिज भएको फिल्म ‘पिंजडा ब्याक अगेन’ पछि उनले नयाँ फिल्ममा काम गरेका छैनन् । कोरोना महामारीभन्दा निकै अगाडिदेखि उनी आफ्नै लगानीमा फिल्म ‘भैरव’ को सिक्वेल बनाउने तयारीमा थिए । तर, यसका लागि पनि उनले हिम्मत जुटाउन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon