StarPratika.com

२ हप्ता अगाडि / ६५  पटक हेरिएको

काठमाडौ : अन्य अभिनेताको तुलनामा सबै भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारको नाम हो पल शाह । उनी अभिनयसँगै सामाजिक कार्यमा समेत सक्रिय हुदै आएका छन् ।
उनले लकडाउनको समयमा चलचित्रका प्राविधिकलाई ५ लाख बराबरको खाद्यान्न सहयोग गरेका थिए भने बाढी पहिरो पीडितलाई पनि राहत वितरण गरेका थिए । कोरोनाको दोस्रो लहर सुरु भएसँगै यतिबेला उनी कोरोनाका बिरामीका लागि निःशुल्क अक्सिजन जुटाउन दिन–रात नभनी खटिरहेका छन् ।

पलको कामको तारिफ गर्दै अभिनेत्री करिश्मा मानन्धरले पल रिल र रियल दुवैको हिरो भएको बताएकी छन् । शनिवार प्राविधिकहरुलाई राहत बाँड्ने क्रममा उनले नयाँ पुस्तामा पल अरुभन्दा फरक लागेको बताउँदै आफ्नो छोरीलाई पनि यसरी सक्रिय रुपमा काम गर्न सुझाव दिएको बताइन् । उनले भनिन् ,‘म मेरो छोरीसँग कम्पियर गरेर भन्छु कि उनले पनि यस्तो गर्दिए हुन्थ्यो । पलले अरुको दुःख महशुस गरेको छ । त्यस्तो मन महान हुन्छ ।’

पलसँग करिश्माले दुईवटा म्यूजिक भिडियोमा काम गरिसकेकीछन् । राहत वितरण कार्यक्रममा पल शाहले अग्रज कलाकारको तारिफ गर्दै राजेश हमाल र करिश्मा मानन्धर आफ्नो मनपर्ने अभिनेता–अभिनेत्री रहेको र म्यूजिक भिडियोमा एकसाथ काम गर्न पाउँदा एकदमै खुसी भएको बताए ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon