StarPratika.com

२ हप्ता अगाडि / ५७  पटक हेरिएको

काठमाडौं : एक महिना अघि देखि लागेको निषेधाज्ञाका कारण कलाकारहरुले घरमा नै बसेर समय कटाइरहेका छन् । यहि भिडमा अभिनेता भुवन केसीले लामो दाह्री पालेको तस्विर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

अभिनेता केसीले झण्डै एक महिनादेखि पालेको दाह्रीलाई हिजो अर्थात शनिवार काटेको बताएका छन् । यस भन्दाअघि केही वर्षअघि एउटा चलचित्रको गेटअपका लागि अभिनेता केसीले करिव दुई साताका लागि दाह्री पालेका थिए । उनले दाह्री पाल्दाको अनुभव सुनाउदै भने,‘ हल्का दाह्री चिलाउँदो रहेछ, बानी नभएकाले पनि होला ।’
उनले पालेको दाह्रीले भुवनलाई सुहाएको देखिन्छ । सामाजिक सञ्जाल फेसबुकमा उनलाई दाह्री पालेकै गेटअपमा फिल्म खेल्न सुझाव दिएका छन् ।

त्यो अभिनेता केसीले स्वीकार गरेका छन् । भुवनलाई उनकै सुपरस्टार छोरा अनमोल केसीले समेत दाह्री पाल्दा सुहाएको प्रतिक्रिया दिएका रहेछन् । केसीले फेसबुकमा सार्वजनिक गरेको दाह्री पालेका केही तस्बिरहरु पोस्ट गरेर त्यतिकै छोडेका छन् । उनले कुनै पनि क्याप्सन लेखेका भने छैनन् ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon