StarPratika.com

२ हप्ता अगाडि / ६४  पटक हेरिएको
‘प्रेम लुकाएर कहिल्यै लुक्दैन’ भने झैँ अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता राज कटुवालबीचको प्रेम पनि खुल्दै गएको छ । गत वर्ष पहिलो पटक एकसाथ होली मनाएपछि बजारमा उनीहरुको प्रेम चर्चा सुरु भएको थियो । तर, यो जोडीले आफूहरु असल साथी मात्र रहेको रेडिमेड जवाफ फर्काउन छाडेका छैनन् । फिल्मवृतमा भने उनीहरु बिहे गर्ने तयारीमा समेत रहेको चर्चा छ ।
अमेरिकामा बस्ने सविन जंग थापासँग १७ महिनामै ब्रेकअप भएपछि वर्षाको हिमचिम अभिनेत्री पूजा शर्मासँग बढेको थियो । राज पनि पूजाका मिल्ने साथी भएकाले वर्षाको उनीसँग प्रायः भेट भइरहन्थ्यो । यसैक्रममा उनीहरुबीच प्रेमको पालुवा पलायो । केही महिना अगाडि राजले सोरुमबाट नयाँ गाडी निकाल्दा समेत वर्षा पुगेकी थिइन् । राज चलचित्र विकास बोर्डका सदस्य समेत हुन् ।
वर्षालाई राजको हाँसीरहने बानी औधी मनपर्छ । उनले बिहीवार राजसँग भिडियो कलमा कुराकानी गर्दाको स्क्रिन सट इन्स्टाग्राम स्टोरीमा पोस्ट्याउँदै उसको हाँसो खतरनाक र ज्यानमारा रहेको बताएकी छन् । उनले स्टोरीमा लेखेकी छन्, ‘मुस्कान सधैं खतरनाक हुन्छ, केही दिललाई घायल बनाउँछ ।’ राजले आफूलाई सधैं खुसी दिने कोशिश गरेको पनि उनले उल्लेख गरेकी छन् ।
राजका लागि वर्षाले खर्चिएका यी प्रेमिल शब्दले उनीहरुबीचको प्रेम कति गहिरो छ भन्ने प्रस्ट्याउँछ । तर, नेपाली कलाकारहरु प्रेम सम्बन्ध लुकाउन र मित्रताको नाम दिन निकै सिपालु भएकाले वर्षा र राजले पनि खुलेर माया व्यक्त गर्न सकेका छैनन् । निषेधाज्ञाका कारण भेट्न नपाएका उनीहरुले च्याट वा भिडियो कलको माध्यमबाट एकअर्काको न्यास्रो मेटाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon