StarPratika.com

६ दिन अगाडि / ४७६  पटक हेरिएको

काठमाडौं : नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक राजेशपायल राईका हरेक गीत चर्चामा रहेका हुन्छन् । नेपाली सांगितिक क्षेत्रमा अत्यधिक प्रिय बनेका राजेश पायललाई राई इज किङ को उपाधि समेत दर्शकले दिएका छन् । उनले गाएका हरेक गीत दर्शकको करोड क्लवमा नाम दर्ता गराएका छन् ।

उनले गाएका केहि गीतहरुले करोड क्लवमा पुगेपछि उत्साहित भएका राजेशले काठमाडौमा एक कार्यक्रमको आयोजना गर्दै पत्रकारसामु सेलिब्रेसन गरेका छन् । उनले राजधानीको रातोपुलस्थित रक हाउस क्याफेमा एक समारोहकाबीच पत्रकारसामु केक काट्दै खुसी बाँडेका हुन् ।

करोड क्लवमा पुगेको नेपाली चलचित्र ‘ए मेरो हजुर–२’को ‘उकालीका जाँदा जाँदै’, फिल्म ‘विरविक्रम’को ‘टलटल टल्कियो’ र राजेशपायलकै स्वर रहेको आधुनिक गीत ‘फूलेको वन’ बोलको गीत गाएर पत्रकारलाई समेत नचाए ।राजेशले कार्यक्रममा लगातार ३ वटा गीत गाइसकेपछि पत्रकारले राजेश पायललाई विहे कहिले गर्ने हो भन्ने प्रश्न गरेका थिए । पत्रकारले सोधको जवाफमा राजेशले भने,‘अर्को साल विहे गर्ने सोचमा रहेको छु । तपाईहरुको आशिर्वाद यसरी नै पाइरहुँ ।’

अचानक कार्यक्रमको आयोजना गरेका राजेश कार्यक्रममा निकै खुसी देखिन्थे । कार्यक्रमको समारोहको बारेमा पत्रकारले राखेको जिज्ञासामा उनले भने, ‘यो एउटा सामान्य कार्यक्रममा हो, मिडियाका साथीहरुसँग करोडको खुसी बाँडौँ भनेर निम्तो दिएको हुँ ।’

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon