StarPratika.com

७ दिन अगाडि / ४३  पटक हेरिएको

काठमाडौं : देशभर कोभिड– १९ सङ्क्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार विभिन्न १० बुँदे निर्देशन समेटिएको विज्ञप्ति जारी गर्दै राति ९ बजेपछि रात्रिकालीन व्यवसाय, रेष्टुरेष्ट, होटेल लगायत बन्द गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले ठूला शहरहरूमा एक हजार र साना सहरहरूमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न निर्देशन समेत दिएको छ । घरबाहिर जाँदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न निर्देशन समेत दिइएको छ ।

काठमाडौं, पोखरा लगायत ठूला शहरहरूमा विद्यालय जाने उमेर समूहमा संक्रमणदर बढेकाले विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरेर सङ्क्रमणको उच्च सतर्कता अपनाउन भनिएको छ । मानिसको भिड हुने स्थानहरूमा अति कडाइको साथ स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon