StarPratika.com

७ दिन अगाडि / २४  पटक हेरिएको

नेपाली चलचित्र ‘नाई नभन्नु ल २’बाट प्रवेश गरेकी अभिनेत्री वर्षा सिवाकोटीले २८ औं जन्मदिन मनाएकी छन् । मोरङमा जन्मिएर काठमाडौंमा नै हुर्किएकी वर्षाले जन्मदिनको अवसरमा खासै योजना बनाइएनन् । उनले हिजो विहान ‘सिद्धिबिनायक मन्दिर पुगेर पूजा गरेर फर्किइन ।
वर्षाको प्रेम सम्बन्धको चर्चा पनि मिडियामा खुबै हुन्छ ।

तर, वर्षा मिडियामा अड्कलबाजीको आधारमा समाचार आएको बताउँछिन् । भन्छिन्–‘मैले नभनेसम्म प्रेमको कुरा कसरी पुष्टी हुन्छ र ? अब, कोहीसँग बोल्दैमा र कोहीसँग गफ गर्दैमा प्रेम हो भनेर आउँछ भने त मैले के नै गर्न सक्छु र ?’ वर्षाले २ बर्ष भित्रमा बिहे गर्ने पनि बताइन् । आफूलाई २९ बर्षमा राम्रो योग रहेको भनेर ज्योतिषले भनेको भन्दै वर्षाले २ बर्ष भित्र बिहे गर्ने योजना सुनाएकी छिन् । नेपाली चलचित्र क्षेत्रमा निरन्तर लाग्ने र राम्रो काम गर्ने योजना वर्षाले सुनाइन् । नायिका सिवाकोटीलाई जन्मदिनको धेरै–धेरै शुभकामना ।

 

 

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon