StarPratika.com

१ हप्ता अगाडि / ३४  पटक हेरिएको

काठमाडौ : पाँच दर्जन बढी फुटकर गीत गाएर सानै उमेरमा आफ्नो पृथक परिचय बनाउन सफल गायिका दर्शना महर्जनले आफ्नै स्वर र संगीतमा मनै छुने मर्मश्पस्र्धी गीत ‘ए साथी…’ बोलको लिरिकल भिडियो आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेकी छन् । यसमा ज्योति क्षेत्रीको शब्द, संजय खड्गीको एरेञ्जर रहेको छ ।

केही समय पहिले गायिका दर्शना महर्जनले नेपाल भाषाको गीत सार्वजनिक गरेकी थिइन । पप आधुनिक सबै खाले भाकाको गीत गाउँदै आईरहेकी भएपनि ‘चुलि जाल न्हां…’ दर्शनाको पहिलो नेपाल भाषाको गीत हो । जनकवि दुर्गालाल श्रेष्ठको शब्द, मनराजा नकर्मीको संगीत, नरेन्द्र महर्जनको प्रस्तुती रहेको भिडियो गायिकाको आफ्नै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon