StarPratika.com

१ हप्ता अगाडि / ११  पटक हेरिएको

काठमाडौं । लिम्बू भाषाको फिल्म ‘रीत’ निर्माण हुने भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मसले निर्माण गर्न लागेको फिल्मको पूर्व खानेपानी मन्त्री विना मगरले हालै मुहुर्त गरिन् । फिल्ममा पूर्वराज्य मन्त्री श्रीप्रसाद जबेगु, विमला खजुम, विशाल सेनेहाङ, आयुष नेयोङ, यासेली योङहाङ, भीम थेबे, उदय सुब्बा, असली वनेम, दिलिप योङहाङलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

ताप्लेजुङ, पाँचथर र इलाममा छायांकन हुने फिल्ममा मान तबेबुङ, अशोक राई र बिबि लिम्बुको संगीत रहेको छ । दिनेश लिङदेनको निर्देशन रहने फिल्ममा सागर केरुङको कथा, पटकथा र संवाद छ । फिल्ममा राम नेयोङ लिम्बु र सन्जिपकुमार लिङ्देनको लगानी रहनेछ भने विक्रम पयाङ्गु र धनराज खड्का सह–निर्माता छन् । मुहुर्तमा त्रिभुवन लुम्फुङवा, लोक आङबुहाङ, असली वनेम, हाङ चेम्जोङ, धनराज खडका र रुद्र पाहिमलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon