StarPratika.com

२ हप्ता अगाडि / २६  पटक हेरिएको

काठमाडौं : अभिनेताकार्म रलक्ष्मी बर्देवाको जोडी पहिलो पल्ट पर्दामा एक साथदेखिने भएको छ । थिएटरको पृष्ठभूमिबाट आएको दुवैले ‘अनन्त’माएकसाथकाम गर्न लागेका हुन् । शनिबार नै यो फिल्मको भक्तपुरमा सुटिङसमेत सुरु भएको छ । एक अर्काको प्रशंसकबताउने कार्म र लक्ष्मीदुवैले फिल्मको कथासँगै एकसाथफिल्म गर्ने रहरले आएको प्रस्ताव सकारेको बताए ।

कार्मले भने, ‘म लक्ष्मीको थिएटरको समयदेखिकै प्रशंसक हुँ तर पछिल्लो समय उहाँले म्युजिक भिडियो र फिल्ममापनिउत्तिकै राम्रो काम गरिरहनु भएको छ । यो फिल्ममा सँगै काम गर्ने कुराले साँच्चिकै उत्साहित छु ।’ उतालक्ष्मीले पनिकार्मसँग काम गर्ने कुरा आफ्नो लागिबोनस भएको बताइन् ।
‘यो लकडाउनको समयमा मैले कम्तीमा दसवटा जति स्क्रिप्ट पढेँ । कति पैसामा कुरा नमिलेर गरिन, कतिभूमिका । यसको कथा र टिम मन परेर गर्ने निर्णय गरेकीथिएँ । यहीफिल्ममाकार्मसँग काम गर्न पाउँदाबोनस पाएको अनुभव गरेकी छु,’ उनले भनिन्, ‘ किनकिउहाँसँगकाम गर्ने मेरो ठूलो रहर थियो ।’

टाइम ट्राभल लभस्टोरी विधाको यो फिल्मलाई जेसन लोप्चनले निर्देशन गर्न लागेका हुन् । अस्कर फिल्मकलेजबाट ग्रयाजुएसन गरेका उनले केही लघु फिल्मको निर्देशन गरेका छन् । उनले फिल्मले आफ्नो प्रेमकालागिहदसम्मजाने चरित्रको कथा पेस गर्ने बताए ।
‘आफूले प्रेम गर्ने मानिसको रक्षाकालागिहामीकुनहदसम्मजान सक्छौं, फिल्मको कथायही नै हो तर यसलाई हामीले साइफाइ फ्लेबर दिएका छौं,’ जेसनले भने । जेसनले आफू क्रिस्टोफर नोलनको प्रशंसक भएको बताउँदै उनका ‘इन्सेप्सन’, ‘टेनेट’ जस्ता फिल्मको शैलीबाट प्रेरित भएर नै ‘अनन्त’ लेखेको जानकारी गराए ।

२० दिनमा सुटिङ सक्ने लक्ष्यलिएर फ्लोरमा गएको फिल्मको पटकथा जेसनले नै लेखेका हुन् । फिल्मलाई बबिनदुलालले खिचेका हुन् । फिल्मलाई नवविजयश्रेष्ठले निर्माण गर्न लागेका हुन् । उनलाई निर्माणमा सह निर्माताको रुपमा रन्जन ढुंगाना र शीतल खड्काले सघाउनेछन् भने तेजबहादुर श्रेष्ठ र दीपेश राउत सहायक निर्माताको रुपमा रहनेछन् । रेमन मल्ल र सल्लेन सुवाललाइन प्रोड्युसरको भूमिकामा रहेका छन् । जीवन अधिकारीको समेत अभिनय रहने फिल्मलाई काठमाडौंमा करण श्रेष्ठ र जीजीएग्रुपमिलेर वितरण गर्नेछन् । फिल्मकिपालय प्रडक्सनको ब्यानरमा बन्नलागेको हो ।

 

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon