सांगीतीक आकाशमा निकै चम्किरहेकी गायिका रानी शाक्यको ‘सुहाउँदैन ओठमा हाँसो’ गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रदीप सुवेदीको शब्द र पुरुषोत्तम न्यौपानेको संगीत रहेको गीतमा रानी शाक्यको साथमा पुरुषोत्तमको पनि स्वर सुन्न सकिन्छ ।
कमल सिंह , गीता ढुगाना , तेजेन्द्र गौत्तम र नवराज भटटराईको अभिनय रहेको गीतको भिडियोलाई गायिका रानी शाक्यको अफिसियल युट्युब च्यानल ( Rani Shakya) बाट शुक्रबार सार्वजनिक गरिएको हो । नवराज न्यौपानेको छायाँकन ,शक्ति प्रज्वल घिमिरेको निर्देशनमा भिडियोलाई ह्वाइट मिडियाले उत्पादन गरेको हो ।