StarPratika.com

३ महिना अगाडि / १५९  पटक हेरिएको

अभिनेता अनमोल केसीको जो अभिनेत्रीसँग फिल्ममा अभिनय गर्यो उसैँसँग प्रेमको चर्चा चल्दै आएको छ । यसैविच, पछिल्लो समय अनमोलको नाम मोल आज्ञा कारन्जितसँग जोडिन पुगेको छ ।

उनीहरुबीच प्रेम छ छैन भन्ने कुरा बाहिरिएको थिएन तर चर्चामा भने फिल्म क्षेत्रमा उधुम नै थियो । तर, यसबारेमा आज्ञाले थोरै क्यु दिएकी छन् । उनले अनमोलको जन्मदिनका दिनको अवसरमा सामाजिक सञ्जालमा ‘विशेष मान्छेको विशेष दिन’ भन्दै अनमोलसँगको तस्वीर पोष्ट गरेकी थिइन् । यसले शंका गरिरहेको जनमानसमा प्रेमका रहेको कुरा केही पुष्टि गरेको चर्चा छ । उनले यति मात्र लखाईमा सिमित राखेकी छन् । उनले लेखेकी थिइन्–‘तिम्रो ठूलो दिन जती विशेष छ, त्यती नै विशेष तिमी मेरो लागि छौं, अकु ।’

अनमोललाई उनले ‘अकु’ भन्दै सम्बोधन गरेको कुराले दुवै जना प्रेममा रहेको प्रष्ट देखिन्छ । अझ अनमोल र आज्ञा एकसाथ दार्जिलिङ समेत पुगेको खबर केही समय अगाडि बाहिरिएको थियो । आज्ञाले केही म्यूजिक भिडियो, विज्ञापन र सर्ट फिल्ममा अभिनय गरिसकेकी छन् ।

 

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon