स्टार पत्रिका

२ हप्ता अगाडि / ७६  पटक हेरिएको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका छन् । उनले आज रिपोटर्स क्लबको २३औं वार्षिकोत्सवमा बोल्दै साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा बताएका हुन् ।

उनले भने,‘‘साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्छ । कसैलाई यस कुरामा आपत्ति लाग्ला । साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढाइने छ । यो सुनेर साँझदेखि कतिलाई निन्द्रा नलाग्ला ।’
नेकपा एमालेले निर्वाचनको समयमा बृद्ध भत्ता बढाउने भन्दै भोट मागेको थियो । अहिले त्यो कुरालाई पुष्टि गराउनका लागि प्रधानमन्त्री लागि परेका छन् ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon