StarPratika.com

३ हप्ता अगाडि / ५१  पटक हेरिएको
अभिनेता शाहरुख खान यतिबेला नयाँ फिल्म ‘पठान’ का कारण चर्चामा छन् । हालै फिल्म समीक्षक उमैर सन्धूले एक ट्विट गर्दै ‘पठान’ का लागि शारुखले सय करोड पारिश्रमिक लिएको बताए ।
यशराज ब्यानरमा बनिरहेको फिल्ममा काम गर्न निर्माता आदित्य चोपडासँग शाहरुखले सय करोड मागेका थिए । उनको माग निर्माण टिमले सहर्ष स्वीकार गरेको थियो ।  दुई वर्षपछि फिल्ममा कमब्याक गर्न लागेका शाहरुख खान ले बुझेको पारिश्रमिकको खबरले बलिउड तातेको छ । यो फिल्ममा अभिनेत्री दीपिका पादुकोण र अभिनेता जोन अब्राहम पनि प्रमुख भूमिकामा देखिँदैछन् ।
फिल्ममा अभिनेता सलमान खानको पनि केमियो रहनेछ । फिल्मको निर्देशन सिद्धार्थ आनन्दले गरिरहेका छन् । उनले पछिल्लो पटक फिल्म ‘वार’ निर्देशन गरेका थिए । शाहरुखले ‘जीरो’ पछि अभिनयमा कमब्याक गर्न लागेका कारण ‘पठान’ लाई लिएर दर्शकमा उत्साह देखिएको छ ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon