StarPratika.com

३ हप्ता अगाडि / ३७  पटक हेरिएको

काठमाडौं । अन्ततः नेकपा एमाले एक हुने भएको संकेत गरेको छ । आज नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्दै एक हुने निष्कर्ष निकालेको हो ।
पाटी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनालसहितका माधव पक्षका नेताहरू पुगेका छन् । माधव पक्षबाट झलनाथ खनाल सहितका नेताहरु बालुवाटार पुगेर संसदिय दलको बैठकमा सहभागी हुदै आ–आफ्नो भनाई राखेका थिए ।
उक्त बैठकमा मञ्चपट्टी प्रधानमन्त्रीको दायाँतर्फ वामदेव गौतम र झलनाथ खनाल बसेका थिए भने बायाँतर्फ ईश्वर पोखरेल र सुवास नेम्वाङको आसन थियो । बैठकको बसाई हेर्दा पनि उनीहरु करिव करिव सहमतीमा आएको जस्तो देखिन्थ्यो । तर, उक्त बैठकमा नेता माधवकुमार नेपाल र भीम रावल उपस्थित भएनन् ।

यस भन्दा अघि पनि एमालेको संसदिय दलको बैठक ३ पटक बसेको थियो । तर, माधव नेपाल पक्षका कुनै पनि नेता सहभागी भएका थिएन ।
आज प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक चलाइरहेका बेला भने हेर्न लायक रहेको थियो । किनभने प्रधानन्त्रीले बैठक चलाइरहेका बेला पार्टीका सांसदहरूको भूमिकाका बारेमा छलफल गर्न दलको बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले सुनाए ।

आजको बैठक हेर्दा विस्तारै विस्तारै माधव समुह पुरानै घरमा फर्किने संकेत गरेका छन् । माधव समुह फुटेर जाँदा थोरै सांसद हुने हुँदा माधव समुह सरकारकै पक्षमा फर्किन लागेको हो । अहिले प्रतिनिधिसभामा १२० एमाले सांसदमध्ये माधव नेपाल पक्षमा हाल ३५ जना मात्रै छन् ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon