StarPratika.com

३ हप्ता अगाडि / ५८  पटक हेरिएको

एजेन्सी ः अमेरिकी मोडल तथा तथा कस्मेटिक बिजनेस ओमन काइली जेनर ग्ल्यामरस अनुहारका कारण सधैं चर्चामा आइरहने गर्छिन् । उनी बेला बेलामा केहि न केहि कारणले चर्चामा आउन रुचाउँछिन् ।

उनको सामाजिक सञ्जालमा पनि फ्यान फलोइङ अरुको भन्दा धेरै छ । उनै काइलीको अहिले मेकअप आटिस्टको सर्जरी भएको छ । जसको लागि उनले ट्वीटमार्फत फ्यानसँग चन्दा अपिल गरेपछि अहिले ट्रोलको शिकार भएकी छन् । किनभने उनले फ्यानसँग दान सर्जरीका लागि पैसा माग गरेकी छन् ।

अर्बपति काइली जेनरले ट्वीटमा सर्जरीका लागि ६० हजार डलरको आवश्यकता भएको थियो । उनले ५ हजार डलर आफुले दिएको र बाँकी रकम सहयोगको अपिल गरेपछि ट्वीटरकर्ताले काइलीलाई उठाएका छन् । एउटी अर्बपति, जो एक दिनमा साढे चार लाख डलर कमाउँछिन्, उनी आफ्नो साथीको लागि ६० हजार डलर दिन तयार छैनन् । धिक्कार छ काइली भन्दै ट्वीट गरेपछि काइली सामाजिक सञ्जालमा भरिएको छ ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon