StarPratika.com

४ हप्ता अगाडि / १५७  पटक हेरिएको

कम्युनिष्टले देश ध्वस्त बनाए अब देश समृद्ध बनाउन र संविधानको रक्षा गर्न नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्नैपर्छ’ यो शब्द हो नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेतको । उनले स्याङजा पुगेर यो अभिव्यक्ति दिएका हुन् ।

नेपाल तरुण दल भीरकोट नगर कार्य समितिद्वारा भीरकोट नगरपालिका-१ बयरघारी, स्याङजामा आयोजित विशाल आमसभामा बोल्दै अध्यक्ष बस्नेतले अब प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई बाई बाई गर्ने बेला आएको बताए । कम्युनिष्टहरुले देशलाई खोक्रो बनाईसकेको र देशलाई अन्धकार तर्फ लागेको समेत उनले टिप्पणी गरे ।

‘नेपाली काँग्रेस लोकतान्त्रिक विचारधाराको पार्टी हो, हामी लोकतन्त्रमा विश्वास गर्छौ, मानवअधिकारमा विश्वास गर्छौ र स्वतन्त्र न्यायपालिकाका विश्वास गर्छौ त्यहि आधारले अब नेपाली काँग्रेस बाहेक यो देश कसैले बनाउन सक्दैन’ – उनले भने । उनले भने – ‘जनताले हिजोको दिनमा कम्युनिष्टहरुलाई म्यान्डेट दिएकै हो जसलाई नेपाली काँग्रेसले समेत सहर्ष स्वीकार गरेको थियो तर कम्युनिष्टले जनताको विश्वासको खिल्ली उडायो’ ।

‘अब नेपाली काँग्रेसको पालो आईसकेको छ जनताले फेरी नेपाली काँग्रेसलाई नै खोजिरहेका छन् त्यसैले अब ढिलो नगरी सरकारको नेतृत्व लिन नेपाली काँग्रेस अगाडी बढ्नुपर्छ र यो संविधान र देशलाई बचाउनुपर्छ’-उनले भने । उनले बिगतको कुरालाई कोट्याउदै कम्युनिष्टको चर्को आलोचना गरे । कोभिड-१९ कोरोना भाईरसले गर्दा देशमा भएको लकडाउनमा हजारौ जनता भोकभोकै भौतारिदा, सयौ माईलको पैदल यात्रा गर्दा सरकारले कुनै सहयोग गरेन ।

उनले प्रश्न गरे के यहि हो सरकारको दायित्व ? यो कम्युनिष्ट सरकार कहिले पनि देश र जनताको लागि नभएको मात्र आफ्नो स्वार्थपूर्तिको लागि अग्रसर रहेको समेत अध्यक्ष बस्नेतले बताए । उनले एकपटक पुरानो इतिहास पल्टाउन सबैलाई आग्रह गरे । इतिहास देखि आज सम्म हेर्ने हो भने नेपाली काँग्रेसले जनताको लागि गरेको काम र देशलाई देखाएको दिशा निर्देश कस्तो रहेको छ त्यो जनताले आफैले मुल्यांकन गर्ने पाटो रहेको उनको भनाई रहेको छ । कम्युनिष्टले हिजो पनि जनताको हक अधिकार कुल्चिने काम गरेको थियो र आज पनि गरिरहेको छ उनले प्रष्ट पारे ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon