StarPratika.com

१ महिना अगाडि / ३२  पटक हेरिएको

काठमाडौं, २२ फागुन । नेपाली कांग्रेस झापा–काठमाडौं सम्पर्क समिति क्षेत्र नं.३ ले शनिबार फुटसल प्रतियोगिता सम्पन्न गरेको छ।
झापाका कांग्रेस नेता स्वर्गिय मदनराज गुरुङको सम्झनामा आयोजित मदनराज गुरुङ स्मृतिकप नाम दिईएको उक्त खेल प्रदर्शनीमार्ग स्थित फुटसलमा भएको थियो ।


नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला प्रमुख अतिथी ,नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान हरि खडका बिशेष अतिथि रहेको कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष पंकज नेम्बाङ,पूर्वराष्ट्रिय फुटबल खेलाडी गम्भिर राई, राष्ट्रिय खेलाडी रेजिन सुब्बा लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा भाग लिएका ४ टिम मध्ये उत्कृस्ट प्रदर्शन गर्दै ‘बाह्रदसी’ टिम विजयी भएको थियो ।

 

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon