स्टार पत्रिका

१ महिना अगाडि / ५०  पटक हेरिएको

काठमाडौ : आमा शब्द सबैलाई प्यारो लाग्छ ।आमाशब्दलाई प्राय सबैले आआफ्नै तरिकाले व्याख्या गर्ने गरेका छन् । यहि सन्दर्भमा निर्देशक अशोक थापामगरले छोटो कथा बुनेर आमालाई फरक ढंगले खोज्ने प्रयास गरेका छन् । गितान्जली थापामगरको सुरिलो आवाजमा पहिलो पटक आमा खोज्दै यस क्षेत्रमाप्रवेश गरेका छन्

फाल्गुन २० गते बिहिबार हाईलाइटस् नेपाल बाट रिलिज भएको ‘आमाकहाँखोजुँ?’म्युजिकल स्टोरीमाबालकलाकार नेरेश्का स्थापितले आमाखोज्ने भुमिकानिभाए कि छिन भने रुबि मैनालीले एक बिबशआमा, बिबश्तावश सानी छ महिनाको छोरीलाई खोलाको किनारमा छोड्न विबशआमाको भुमिकामा छिन् । सानीबालिकाको निदोर्ष भुमिका सारिका दाहालकी र आश्रमकी आमा सृष्टी थापामगरको रहेको छ ।

यसकथामा, अनाथ आश्रममा हुर्किरहेकी १० बर्ष कि छोरीले जन्मदिने आमाको खोजी गरेको कथा छ ।जन्मदिने आमाले विविध कारण र बिबश्ताले आफ्नो नबजातशिशुलाई फाल्नबाध्य रहेको कथाछ। अनाथ अश्राममा रहेकी छोरीले जब बिस्तारै ठुली हुदै जान्छे जन्मदिने आमाको बारेमा सोच्न थाल्छे । उनलाई भेट्न् मन लाग्छ । जस्तो सुकै भएपनि एक चोटी भेट्न पाएहुन्थ्यो भन्ने चाहाना बढ्न थाल्छ । आश्रममाकर्म दिने आमाभएपनिउनलाई जन्मदिने आमाको अभाब खट्की राखेको हुुन्छ ।

एक दिनअचानक, आफु सानो छदाँ खोलाको किनारमा छोडेर भागेको सपना देख्छे, व्युँझिन्छे । उनलाई अझ बेशीआमाको आवश्यक्तामहशुश गर्छे । आमाको खोजि गर्छे । यसमा छोरीको धारणाबाट, छोरीले कथालाई प्रस्तुत गरेको छ । यो हाम्रो समाजमा देखिने हजारौ निर्दोष र अबोध अनाथबालबालिकाहरुको कथाहो । आमाको अभावमाहुर्किरहेका बालबालिकाहरुको लुकेका पिडाहरु, बनावटी खुशीहरु, आघातित बालमनोविज्ञान र जिबनमाआमाको महत्वलाई प्रकाशपार्न खोजिएको छ ।

हजारै शिशु अनाथहुनुमा एउटी आमाभन्दाहाम्रो समाज दोषीपो हो कि ? अपराधीहो कि ? राज्यको नीतिले एकलपहिलामाकानुनअसहजहुनुको पछाडी केहीहद सम्म राज्यपनि दोषीहो कि ?भन्ने प्रश्न गर्छन् । यस फिल्ममा नेरेस्का स्थापीत, रुवी मैनाली, सारिका ढकाल, सृष्टी थापा मगर लगायतको अभिनय रहेको छ ।

यस सांगीतिक फिल्ममा गितान्जली थापाको स्वर, निर्देशक स्वयंको शब्द, संगीत र एरेन्जर याकुब राई रहेका छन् । दिपक बज्राचार्यको छायाँकन र निर्माणमा टेक बहादुर थापा र राजु थापा रहेका छन् । एम मिडिया प्रा.लि.को निर्माणमा निर्देशक थापामगरले यसअघि द कोरियन ड्रिम, बरिड इन टियस्, ड्रिम एण्ड रियालिटी जस्ता डकुमेन्टरी फिल्मबाट बिभिन्न नौ वटा अन्र्तराष्ट्रिय अवार्ड पाएका छन् ।

 

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon