StarPratika.com

१ महिना अगाडि / ३५  पटक हेरिएको

काठमाडौ । कवि तथा गीतकार डी पी दाहाल परिश्रमीको पुस्तक‘अन्तर्मनका सुसेली’ र म्युजिक भिडियो ‘क्षितिजपारी’ सार्वजनिकभएको छ । काठमाडौमा एक कार्यक्रमका बिच पुस्तक र भिडियो एकसाथ सार्वजनिक गरिएको हो । कार्यक्रमकाप्रमुखअतिथिशताब्दीपुरुष सत्यमोहन जोशी, बिशिष्ट अतिथि, वरिष्ट संगीतकार शम्भुजीतबास्कोटा लगायतले २ कृतिलाई सार्वजनिक गरेका थिए ।

२ कृति सार्वजनिक पछि प्रमुखअतिथि सत्यमोहन जोशीले कवितथागीतकार दाहाललगायत भिडियोको टिमलाई बधाई दिए । म्युजिक भिडियोको तारिफ गर्दै जोशीले राम्रो भिडियो निर्देशन र कलाकारहरुको अभिनयले जिवनदानदिने कामभएको बताए । जोशीले पुस्तक ‘अन्तर्मनका सुसेली’को पनितारिफ गर्दै यस पुस्तकको बारेमा लामो ब्यख्या गरेका थिए।
त्यस्तै बिशिष्ट अतिथि शम्भुजीतबास्कोटाले पनि २ कृतिकालागीकवीतथागीतकार डी पीदाहाल परिश्रमीलाई बधाई दिए । क्षितिजपारी गीतको म्युजिक भिडियो राम्रो लागेको बताउदै कलाकार र निर्देशकलाई बधाई दिए । म्युजिक भिडियोमा प्रस्तुतभएको ड्रामाले अझ राम्रो बनेको बास्कोटाले बताए ।
कार्यक्रममाकवितथागीतकार डी पीदाहाल परिश्रमीले आफ्नो धेरै पेषाभएपनिगीत, संगीतबिधाले आफुलाई जागाइरने र बचाइरहने काम गरेको बताए । कार्यक्रममाप्रमुखअतिथि, बिशिष्ट अतिथिलागायतलाई सम्मानपनि गरिएको थियो ।
चर्चित गायकप्रताप दास र चर्चित गायिका रचना रिमालले गाएको ‘क्षितिजपारी’ बोलको गीतलाई पुरुषोत्तमन्यौपानेले संगीत भरेका छन् । गीतमा डी पीदाहालको शब्द रहेको छ । यस म्युजिक भिडियो उत्तमश्रेष्ठ शिशिरले निर्देशन गरेका छन् । चर्चित मोडल सुधिर श्रेष्ठ र मोडल अशुन्यौपानेले अभिनय गरेको म्युजिक भिडियामा कामको तारिफ धेरै पाएका छन् । निकै अब्बलअभिनय र निर्देशनले गीतको म्युजिक भिडियो फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । यस भिडियोलाई चर्चित सिनेमाटोग्राफर ज्ञानेन्द्र हुमागाई शर्माले खिचेका छन्, भने अमृत चापागाईले सम्पादन गरेका छन् । यो गीत डिलाइटेड युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon