StarPratika.com

१ वर्ष अगाडि / ५८२  पटक हेरिएको

काठमाडौ । जिन्दगीको उतारचडाब अनि भागदौडसँगै मानिस जिउँछ अनि आफुलाई प्रस्तुत गर्छ । नितान्त व्यक्तिगत जिबन यापन गरिरहेको मान्छे भित्र पनि एक कलाकार लुकेको हुन्छ। फरक यति हो कसैले आफुलाई आफु को हुँ भन्ने पत्ता लगाउँछ अनि दुनियालाई देखाउँछ भने कयौँका सपनाहरु त्यसै ओईलिन्छन अनि गुम्सीन्छन भित्रै तुष पर्छन मेटिन्छन। लगनशिलताले मानिसलाई बिन्दुमा पुर्याउने गर्दछ भने निरन्तरताले परिपक्व अनि साधनाले निपुर्ण बनाउने गर्दछ । लगन निरन्तरता अनि आत्मबलसँगै आफ्नो कर्मले खारिएका एक प्रतिभावान ब्याक्तित्व केशब भाबुकलाई हामीले नियाल्ने कोसिस गरेका छौ। प्रस्तुत छ गायक भाबुक संगको अन्तरंग कुराकानी

 तपाईको जन्म र कहाँ भयो ?

मेरो जन्म खोटाङ जिल्ला को दिक्तेल, सोल्मा होस्माटोल भन्ने गाउमा साधारण परिवारमा भएको हो।

तपाई गीत संगीत प्रति कसरी आकर्षित हुनुभयो ?

सानोमा स्कुल, कलेजमा हुने कार्यक्रमहरुमा गीत गाउने गर्थे। पछि रहरै रहरमा एल्बम गरियो। त्यसपश्चात अन्य गीत संगीतका प्रोजेक्टहरुमा सहकार्य गर्ने मौका मिल्यो। अब त संगीत नशा भैसक्यो।

 भर्खरै तपाईको स्वर, शब्द र संगीतमा रहेको “एक चिलिम” म्युजिक भिडियो सार्वजनिक भएको छ। दर्शक , स्रोताको कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

कोरोनाले संसार नै रोई रहेको बेला संगीत मार्फत रिफ्रेश बनाउने हाम्रो कोसिस हो। यो गीतमा जिन्दगीमा पिर नलिएर रमाइलो गरेर बिताउनु पर्छ भन्ने संदेश दिइएको छ। मिडिया सपोर्ट राम्रो पाइरहेको छु। सुन्ने हेर्ने सबैले सकारात्मक प्रतिक्रिया दिनुभएको छ। सबैलाई धन्यवाद भन्न चाहान्छु।

संगीतको यात्रा कस्तो हुदै छ ? अहिले सम्म आफुले देखेका भोगेका सघर्ष , सम्झना सुनाउनुहोस् ?

यो यात्रा सोचेको भन्दा धेरै गारो रहेछ। अहिलेसम्म केहि भोगियो अझै केहि भोग्न बाकी छ। माथि पुग्न ठाउमा मान्छे हुनु पर्ने रहेछ। राम्रो फाइनानसिएल सपोर्ट गर्ने पनि चाहिन्छ। नया प्रतिभाहरुको कलालाई सम्मान गर्ने र सहयोग गर्नेहरुको खाचो छ।

संगीत पेशा बाहेक अरु केहि गर्नुहुन्छ ? संगीत बाहेक अरु केहि रुचि छ कि ?

मलाई संगीत प्रति ठुलो लगाव छ। अहिले म फुल टाईम म्युजिकमा छु। संगीत बाहेक मलाई शिक्षण पेशामा रुचि छ।

नेपालमा गीत संगीतको अवस्था कस्तो छ ?

अहिले सबै गायक छन पैसा खर्च गरेर गित हिट बनाउने एक प्रकार को ब्यापार नै भएको देखिन्छ। यो राम्रो हैन , संगीतमा त्याग चाहिन्छ, मेहनत चाहिन्छ। कलाकारले धैर्यता राख्न सक्नु पर्छ। हिट हुने जे पनि गर्ने कलाकार धेरै छन् यहाँ। कलाकार इमान्दार भएर अघि बढ्न जरुरी छ।

आगामी दिनमा कस्ता गीत संगीत तपाई बाट अपेक्षा गर्न सकिन्छ ?

आगामी दिनहरुमा आधुनिक , फिल्मी स्वादका गीतहरु गर्न मन छ। राम्रो संदेश बोकेका अश्शीलता नभएका राम्रा गीतहरु अपेक्षा गर्न सक्नुहुन्छ।

अब छिट्टै आउन लागेको कुनै गीत छ भने तेस्को बारेमा भन्नु होस् ?

मैले गाएका धेरै गित खासै सार्वजनिक भएका छैनन्। तेस्को मुल समस्या भिडियो नबन्नु हो। अब छिट्टै ३र४ वटा चाही रिलिजको तयारीमा छन् जस्तै, “पिरिम गासेर” , “दार्जिलिङ घुम्न” , “बरैको छाँया” लगायतका गित छन्।

आगामी सपनाहरू के छन ?

गीत संगीतका माध्यम बाट देश समाजमा योगदान पुर्याउन चाहान्छु। असल मान्छे भएर परिवारको जिम्मेवारी पुरा गर्न चाहान्छु।

 अन्त्यमा केही भन्नू चाहनुहुन्छ ?

सबै नेपालीहरुलाई खुशी साथ बस्नुहोस भन्न चाहान्छु। नेपाली गीत संगीत र कलाकारलाई माया गर्नुहोस भन्न चाहान्छु।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon