Breaking News

काठमाडौं । आज वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ । उनको ८० वर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान साढे ११ बजे ललितपुर बागडोलस्थित आफ्नै निवासमा निधन भएको हो । वरिष्ठकलाकार ठकुरी प्यारालाइसिस रोगबाट लामो समयदेखि थलिएका थिए । सुगर, प्रेसर रोगबाट समेत पिडित रहेका थिए । उनको आजै पशुपती स्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।

कलाकार ठकुरीले फिल्म जीवन रेखाबाट अभिनय सुरुवात गरे देखि यता विश्वास, भाग्य रेखा, फेरि भेटौँला, ‘मायालु, युद्ध, लगायतका थुप्रै चलचित्रमा अभिनेताको भूमिका निर्वाह गरेका छन् । साथै, कलाकार ठकुरीले भारतीय चलचित्र ‘पञ्चओटी’ र पाकिस्तानी एक चलचित्रमा समेत अभिनय गरेका छन् । थिए । उनले चलचित्रसँगै थुप्रै टेलिसिरियल र म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । उनी पछिल्लो फिल्म ‘ भागी भागी नजाऊ’मा अभिनय गरेका थिए । उनका एक छोरी र श्रीमती रहेका छन् ।

प्रकाशित मिति : 2020-05-31

फेसबुक पेज

Categories