Breaking News

काठमाडौं । चिनबाट फैलिउको कोरोना भाइरस (कोभिड १९)बाट मृत्यु हुनेको संख्या दिनहुँ बढिरहेको छ । आजसम्मको तथांङ अनुसार विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५३ हजार भन्दा भढि भइसकेको छ । कोरोनाको महामारी विश्वभर फैलिएरहेको अवस्था छ भने यसकै कारण ३७ हजार ६९८ जना गम्भीर अवस्थामा छन् । जो उपचार गराइरहेका छन् ।

इटलीमा १३ हजार ९१५, स्पेनमा १० हजार ३४८ जनाले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् भने अमेरिमा ६ हजार ६२ को मृत्यु हुँदा फ्रान्समा १ हजार ३५५ जनाले ज्यान गुमाइसकेका छन् । ७ लाख ११ हजार ५१२ को अवस्था मध्यम रहेको छ । २ लाख ६५ हजार १७६ जनाको अवस्था सुधारोन्मुख छ । २ लाख १२ हजार १८ जना पूर्णरुपमा स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।  अहिलेसम्म विश्वभर १० लाख १४ हजार ३८६ व्यक्तिमा यो भाइरसको संक्रमण देखिसकेको छ ।

प्रकाशित मिति : 2020-04-03

फेसबुक पेज

Categories