StarPratika.com

१ वर्ष अगाडि / ५६९  पटक हेरिएको

दर्पण छाँया २ बाट नेपाली फिल्ममा डेव्यु गरेका अभिनेता हुन् पुष्प खड्का । उनले दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेका ब्यस्त अभिनेता पनि हुन् । उनीसँग गरिएको छोटो कुराकानी ः
के छ हालखबर ?
लाष्टै बोर भइरहेको छ । घरमा बस्दा बस्दा तनाव भइसक्यो ?
के गरेर समय वितिरहेको छ ?
के हुनु र हिजोसम्म लुडो खेलिदैथ्यो । आज त घरमा बसेर भएभरका फिल्म म्युजिक भिडियो हेरिरहेको छु ।
किताव नि ?
अहँ, बेला बखत पढिरहेको हुन्छु । टिभी हेर्दा आँखा दुखेसी किताव तिर ध्यान जान्छ ।
कुन कुन भिडियो हेर्दै हुनुहुन्छ ?
यहि भन्ने छैन । मैले दिनमा चार पाँच वटा फिल्म र पछिल्लो समय बजामा आएका म्युजिक भिडियोहरु खोजि खोजि हेरिरहेको छु ।
कस्तो अनुभव भइरहेको छ त ?
मलाई त बन्धनमा परेको जस्तो लागिरहेको छ । पुरै जेलजीवन नै विताए जस्तो । म सोचिरहेको छु जेलमा बस्नेहरु कसरी बसिरहेका होला । मलाई त यति कठिन छ ।
आफ्ना दर्शकलाई केहि भनिदिनुस् न ?
विश्वमा फैलिरहेको महामारीका रुपमा कोरोना भाइरसबाट घरमा नै सबेर सजग रहूँ भन्न चाहान्छु । म पनि घरमा नै बसेर लकडाउनलाई सहयोग गरिरहेको छु । भन्न चाहान्छु ।

तपाईको प्रतिक्रिया
फेसबुक पेज
about us
coming soon
Our Team

starpatrika.com team

Contact

Coming soon