Breaking News

 शुक्रबारबाट सुरु भएको U-13 फुटबल टुर्नामेन्ट्मा जम्मा २४ टिम सहभागी भएको थियो। अनुसाशित ब्याइज क्लब द्वारा आयोजित न्यु एरा कप २०७६ फाइनलमा काठमाडौं इन्टरनेसनल स्कुलले १- ० गोलले बिजयी हात पारेको छ भने किड्स लर्निङ स्कुल दितिय भएको छ। सुनिल तामाङले गोल गरेका थिए । प्रतियोगिता मंसिर ८ गते देखि २० गते सम्म संचालन भएको थियो। उक्त प्रतियोगितामा प्रथम हुने टिमलाइ पुरस्कार नगद रु १५०००।- सहित सिल्ड मेडल सर्टीफिकेट प्रदान गरिएको थियो। दित्तिय हुने टिमलाइ पुरस्कर नगद रु ७०००।- सिल्ड मेडल सर्टीफिकेट प्रदान गरिएको थियो ।
सर्वश्रेष्ठ खेलाडी मा कुलदेव टिटुङ किड्स लर्निङ स्कुलका खेलाडीले सिल्ड र रु १०००।- सहित प्राप्त गर्न सफल भए भने सर्वश्रेष्ठ कीपर एलिभ श्रेष्ठ काठमाडौं इन्टरनेसनल स्कुलका खेलाडीले सिल्ड र रु१०००।- सहित पुरस्कार प्राप्त गरे। हाई स्कोरर आयुष बाराम ग्राम सेवा स्कूलका खेलाडीले पनि नगद रु १०००/- सिल्ड प्राप्त गरे। प्रतियोगिता भर अनुसासित र मर्यादित भइ खेल खेलेकाले फेयर प्ले टीम कोहिनूर स्कूलले सिल्ड र रु ३०००/- सहित पुरस्कार प्राप्त गर्यो। सेमिफाइनलमा किड्स लर्निङ स्कुल र सेक्रेट हर्ट स्कुल बिच भएको थियो भने अर्को खेल काठमाडौं इन्टरनेसनल स्कुल र ग्राम सेवा माबी बिच भएको थियो।
तारकेस्वर नगरपालिका मा रहेको फुटबल ग्राउन्ड तुसाल चौर मा संचालन भएको उक्त प्रतियोगिताको फाइनल खेल अबलोकन सहित पुरस्कार बितणमा प्रमुख अतिथीको भुमिकामा माननीय प्रदेश साम्सद वसन्त मानन्धर (३प्रदेश) हुनुहुन्थ्यो।विशेष अतिथीमा डा.बिहानी थापा प्रद्यानाद्यापक राजन मेमोरियल इन्टरनेसनल स्कुल हुनुहुन्थ्यो भने अतिथीको रुपमा बिस्णु गुरुङ (नेसनल फुटसल टिम हेड कोच) हुनुहुन्थ्यो ।

प्रकाशित मिति : 2019-12-07

फेसबुक पेज

Categories