Breaking News

पाल्पा । पूर्व राजा ज्ञानेन्द्र शाहले देशको विभिन्न मठमन्दिरमा पुजा आजामा निस्किएका छन् । उनले पाल्पा तानसेनमा रहेको भगवती मन्दिरको बिहीबार दर्शनपछि पूर्व राजा शाहले अहिले देखिएको समस्या आएको बताएका छन् । जसको समाधानका लागि सबै नेपाली मिल्नुपर्ने बताए ।

देशमा शान्ति हुनुपर्छ भन्दै उहाँले शान्तिपूर्वक बाँच्नको लागि सबै नेपाली मिल्नुको विकल्प नभएको उनको तर्क थियो । झण्डै २० मिनेट पैदल यात्रा गर्नुभएका शाहलाई तानसेनमा भव्य स्वागत गरिएको थियो । पूर्व राजा ज्ञानेन्द्रलाई स्वागत गर्न गाउँगाउँबाट आएका नागरिक हात हातमा फूलमाला लिएर बसेका थिए ।

प्रकाशित मिति : 2019-12-05

फेसबुक पेज

Categories