Breaking News

काठमाडौ । पछिल्लो समय एकपछि अर्को फिल्ममा एकसाथ काम गरिरहेका नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा नयाँ फिल्ममा अनुबन्धित भएका छन् ।रुपेश थिङ तामाङको निर्देशन रहने फिल्म ‘मन परेसी पर्यो पर्यो’ मा उनीहरू अनुबन्धित भएका हुन् । पूजा र आकाश संगै फिल्ममा बुद्धि तामाङ, किरण श्रेष्ठ, कालु राना लगायतको अभिनय रहनेछ । फिल्ममा अर्जुन पोखरेलको संगीत रहनेछ ।

फिल्ममा उनीहरू अनुबन्धित भए संगै फिल्मको रिलिज डेट समेत फाइनल भएको बुझिएको छ । उक्त फिल्म चैत्र २८ गते प्रदर्शनमा आउनेछ । यही डेटमा प्रदीप खड्का अभिनित फिल्म प्रेम गीत ३ समेत प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : 2019-11-21

फेसबुक पेज

Categories