Breaking News

उर्लाबारी । मोरङकी चेली मेचु धिमाललाई भ्वाइस नेपालमा विजयी बनाउन अभियान सुरु भएको छ । उर्लाबारी–२ निवासी २५ बर्षीया मेचु भ्वाइस नेपाल दोस्रो संस्करणको टप १२ मा परेपछि स्थानीय सर्वजित भण्डारीको संयोजकत्वमा समिति गठन गरी मेचु धिमाल जिताउ अभियान सुरु गरिएको हो । शनिबार सञ्चार क्लब नेपाल उर्लाबारीका पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी मेचु धिमाल अभियानमा साथ र सहयोग गर्न अपिल गरिएको छ ।

 

समितिका संयोजक भण्डारीले उर्लाबारीको शानको रुपमा मेचु धिमाललाई जिताउन अत्याधिक भोट गर्न आग्रह गरे । उक्त कार्यक्रममा मेचुका बुवा सन्तुलाल धिमाल, सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेत, अभियानका सल्लाहकार राजकुमार योञ्जन, पत्रकार मिलनके राउतलगायतले बोल्दै मेचु धिमाललाई जिताउन लागि पर्ने प्रतिवद्धता जाहेर गरेका छन् । अभियानका सचिब मात्रिका धिमालले प्रतिभाशाली गायिका मेचुलाई भोट गर्न सबैलाई अनुरोध गरे ।

प्रकाशित मिति : 2019-11-09

फेसबुक पेज

Categories