Breaking News

भोजपुर । अरुणकला साहित्य समाज भोजपुरको आयोजनामा नाटक “सपना” प्रर्दशनका साथै नृत्य तथा कबिता प्रतियोगिता सम्पन्न भएको छ । उक्त कार्यक्रम समाजका पुजन आचार्यको सभापतित्व तथा अरुण गाँउपालिकाकी उपाध्यक्ष बिनिता ढकालको प्रमुख आतिथ्यतामा विश्वप्रेमी माध्यामिक बिद्यालय याकुमा नाटक मञ्चन भएको हो । कार्यक्रम दिलकुमारी ढकालको सुन्दर तथा कलात्मक उदघोषणमा सम्पन्न भएको थियो।

नाटकमा बैदेशिक रोजगारको सिलसिलामा बिदेशिने घर परिवारको कथा बकेको “सपना”मा साहुको ऋण तिरेर घरपरिवारको आर्थिक स्थिति सुधार्न तथा रोगी बाबु आमाको उपचार गरी सुखसयलमा राख्ने सपना देखेका युवाहरूले सपना पुरा गर्न पनि बैदेशिक रोजगारको सहारा लिनुपर्ने हुन्छ ।
अनुशा अधिकारीको लेखनमा नाटक “सपना” कयौं बर्ष देखी समस्या रहेको नेपाली समाजको कथा सान्दर्भिक देखिन्छ।

उक्त नाटकमा पुजन आचार्य र कमला थापाको मुख्य भूमिका रहेको सपनामा अन्य कलाकारहरूमा लोकेन्द्र ढकाल, उर्मिला ढकाल,अस्मिता अधिकारी,ज्योति राई, संजय पहाडी,बेदनाथ ढकाल,कोपिला ढकाल,सुस्मिता आचार्य,रेवन खतिवडा,बिनिता ढकाल,स्वस्तिका श्रेष्ठ,बाबु श्रेष्ठ,अनुपम रसाइली,सुमित्रा ढकाल लगायतका कलाकारहरुको अभिनय रहेको थियो । “सपना” नाटकलाइ कमला थापाले निर्देशन गरेकी हुन ।

कार्यक्रममा अरुण गाँउपालिकाकि उपध्यक्ष बिनिता ढकालको प्रमुख आतिथ्यतामा ध्यन बहादुर राइ,सामाजिक अभियान्ता बबिन्द्र रसाइली, नाट्यकर्मीरचलचित्रकर्मी तथा तितो पिरो निर्देशक ज्ञानेन्द्र कोईराला बिशिस्ट अतिथी,गंगामाया ओझा, धवानी प्रसाद ढकाल,धनकुमारी पहाडि,युवराज ढकाल लगायत उपस्थित थिए ।

प्रकाशित मिति : 2019-11-07

फेसबुक पेज

Categories