Breaking News

काठमाडौं : मैथिली, नेपाली एवं भोजपुरी सिनेमाकी चर्चित नायिका डोली सरकारद्वारा अभिनित साथै मैथिली गीत संगीतको क्षेत्रमा चर्चित गायिका अन्जु यादबको स्वर रहेको छठ गीत ‘दियौ आशिष भक्तके हे छठी मैया’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

डोली सरकारकै कोरियोग्राफि रहेको गीतको भिडियो जननी फिल्म्स् को युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । चर्चित गीतकार अशोक दत्तको शब्द रचना रहेको गीतमा युवा सङ्गीतकार दीपेन्द्र रामको सङ्गीत रहेको छ । श्यामसुन्दर यादव निर्माता रहेको गीतको भिडियोमा प्रेम राउतको छायाङ्कन तथा सम्पादन रहेको छ ।  भिडियो हेर्नुहोस् :

प्रकाशित मिति : 2019-11-03

फेसबुक पेज

Categories