Breaking News

गायक सचिन रौनियारको ‘कु कु कु’ म्युजिक भिडियो युट्युव ट्रेडिङ्गको शिर्ष स्थानमा रहेको छ । द कार्टुन क्रु फिचर गीतको भिडियो यो समाचार तयार गर्दा सम्म १० औ स्थानमा रहेको छ । गीतमा प्रकाश सापकोटाको शब्द सचिन अनि जितेन लेप्चाको संगीत र फणिन्द्र राइको एरेन्जमेन्ट रहेको छ । कार्टुन क्रुका सरोज अधिकारीको कोरियोग्राफी , कन्सेप्ट र निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र लाक्पा डी लामाको सम्पादन रहेको छ ।द कार्टुन क्रु को अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा आमा न भएकी सानु छोरीको कथा संग जोडिएर बनाइएको छ जहाँ जुनियर कार्टुन क्रु का साना साना भाइ बहिनीहरुको नृत्य तथा अभिनय पनि रहेको छ ।
बिगत ३ दशक देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको यस अघिका धेरै गीतहरु दर्शकले अत्याधिक रुचाएका छन् ।

प्रकाशित मिति : 2019-10-22

फेसबुक पेज

Categories