Breaking News

अर्गनाइजेशन फर एप्लाइड साइन्टिफिक रिसर्चका अग्रणी लेखक रेम्को कोर्ट भन्छन्, चुम्बनका दौरान दुई व्यक्तिको र्याल एकआपसमा आदन-प्रादन हुन्छ । जसमा उनीहरु दुबैको मुखमा रहेको ब्याक्टेरिया पनि आदन प्रदान हुन्छ । यसैकारण श्रीमान् श्रीमती वा शारीरिक सम्पर्कमा रहनेहरुको मुखमा उस्तै माइक्रोब्याक्टेरिया देखिन्छ ।

यस रिसर्चका दौरान २१ दम्पतीलाई फारम भर्न लगाइएको थियो । त्यसपछि उनीहरुको किस गर्दाको बानी, उनीहरुको मुखमा पाइएका माइक्रोब्याक्टेरिया लगायतका विभिन्न विषयहरु एकआपसमा जुधाएर यस अध्ययनको नतिजा सार्वजनिक गरिएको हो ।

अध्ययनका अनुसार मानिसको शरीरमा लगभग १ सय टिलियन माइक्रोअर्गानिज्म हुन्छन् । यस माईक्रोअर्गानिज्मको मुख्य काम हाम्रो खानालाई पचाउने, शरीरका लागि आवश्यक एन्जाइम्स र न्यूटिएट्स बनाउने र विभिन्न किटाणूको रोकथाम गर्ने हो । हाम्रो मुखमा मात्रै ७ सय प्रजातिका विभिन्न ब्याक्टेरिया हुन्छन् । यस्ता ब्याक्टेरियाको काम हाम्रो पाचन प्रणालीसँग जोडिएको हुन्छ ।-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : 2019-08-16

फेसबुक पेज

Categories