Breaking News

नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आउन एक महिना बाँकी छ । तीजको लागि भनेर धेरै गायक गायिकाहरुले गीत निकाल्ने गर्छन् । तीजलाई लक्षित गर्दै गायिका तेजु परियार र अनिता खत्रीले पनि नयाँ तीज गीत ‘सारी उपहार ‘बजारमा ल्याएका छन ।
गीतमा आफ्नो मनपर्ने मान्छेलाई ‘सारी उपहार ‘’ ल्याइदिने कुरालाई विषयबस्तु बनाइ तयार पारिएको छ ।उक्त गीतमा पछिल्लो समयका चर्चित एवं ब्यस्त रहेका रचनाकार अनिल खनालको शब्द र संगीत रहेको छ
दिनेश मुस्कानको निर्देशन र सिनेमाटोग्राफी रहेको गीतमा ओम तामांग र सरिता मगरको अभिनय रहेको छ । गोपाल कुमार बि सी ले खिचेको भिडियोलाई बिन्ध्यवासिनी म्युजिकको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको छ ।

प्रकाशित मिति : 2019-07-29

फेसबुक पेज

Categories